तनहुँकाे सबै स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि तथा आपुर्ति व्यवस्थापन अब अनलाइन सिस्टमबाट ।

BySwasthya Sabaiko

१८ आश्विन २०७७, आईतवार ०८:२६ १८ आश्विन २०७७, आईतवार ०८:२६ १८ आश्विन २०७७, आईतवार ०८:२६
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This
स्वास्थ्य सबैकाे – गण्डकी प्रदेशको प्रथम जिल्ला तनहुँको सम्पुर्ण स्थानीय तहमा औषधि एवम् आपुर्ति व्यवस्थापन अब Online बाट सुरु भएकाे छ । सबै स्थानीय तहका स्वास्थ्य संस्थाको औषधि एवम् आपुर्ति व्यवस्थापनका सबै विषयवस्तुहरु अनलाइन प्रणलिबाटै अपडेट हुने भएको छ ।
विगतमा औषधि अभाव भएको तथा म्याद गुज्रेको औषधि वितरण भएको जस्ता समस्याहरुले गाल्ने गरेको यथार्थलाई व्यवस्थापन गर्नका लागि अनलाइन व्यस्थापन गर्न लागिएको हो । औषधिको म्याद गुज्रने तथा मौजदातको बारेमा समेत जानकारी हुन कठिन हुने भएकोले त्यसलाई व्यवस्थापन गर्नकालागि मागफारम, दाखिला तथा हस्तान्तरणको कार्य पनि अनलाइनबाटै गरी पेपर लेस र मौजातको बारेमा यथार्थ जानकारी होस भन्ने हेतुले अनलाइनमा जान थालिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर अधिकारीले बताउनुभयो । अब जिल्लाका स्थानीय निकायको स्वास्थ्य शाखामा कति मौजदात कुन अवस्थाको छ भन्ने कुरा हामी थाह पाउन सक्छौं र प्रत्येक स्वास्थ्य चौकी सम्ममै यो बिधिलाई पुरयाउने लक्ष्य सरकारको रहेको अधिकारी भन्नुभयो ।
नेपाल सरकारको नीति अनुरुप नै सरकारबाट औषधिको सप्लाइ गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यस्तो प्रणाली गर्न लागिएको हो । शनिबार देखि शुरु भएको तालिम सोमबार सकेको तालिममा तनहुँका सबै स्थानिय तहका स्टोर र कम्प्युटर अपरेटरहरुको सहभागिता रहेको थियो ।
स्थानीय तहमा औषधि अभावका समाचारहरु आएका पनि हुन्छन् तर अनलाइन सिस्टममा गएपछि कहाँ अभाव हुँदै छ भन्ने थाह हुन्छ अनि आपुर्ति गर्न सहज हुने उदेश्यले याे सिस्टमकाे सुरुवात भएकाे हाे ।
तालिममा स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवाली र गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका बारीष्ठ जनस्वास्थ्य प्रशाशकको प्रमुख अतिथियतामा सम्पन्न भएको थियो । तालिममा भने USAID का रामदेव अधिकारी (प्रमुख प्रशिक्षक) र सुधिर मिश्रले सहजीकरण गर्नु भएको थियो । तालिम स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको USAID को प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय तनहुँको आयोजना सम्पन्न भएको थियो ।

 


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *