आज हालसम्मकै अत्याधिक कोरोना सन्क्रमण पुष्टी ।

BySwasthya Sabaiko

२१ आश्विन २०७७, बुधबार १६:५१ २१ आश्विन २०७७, बुधबार १६:५१ २१ आश्विन २०७७, बुधबार १६:५१
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This

स्वास्थ्य सबैको  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभरमा २५ हजार ७ संक्रिय संक्रमित छ ।


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *