आज नेपालमा आएको कोरोना बिरुद्ध खोप (कोभिसिल्ड) तुलनात्मक रुपमा सुरक्षित ।

ByBirendra

८ माघ २०७७, बिहीबार २०:१४ ८ माघ २०७७, बिहीबार २०:१४ ८ माघ २०७७, बिहीबार २०:१४
COVID 19 VACCINE
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This

स्वास्थ्य सबैको – नेपालमा आएको खोपबारे ! – अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको,एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा आज नेपाल आएको छ |

 

– भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् | ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो | नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो |

 

– नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ | यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो | – भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो | भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ | कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् | नेपालमा आएको यो खोप हैन |

 

– नेपालमा आएको कोभिशिल्ड खोप ४ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ | दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ | तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ |

 

– यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ | खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ | यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् | – सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ |

 

– कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ |

 

– गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन | तसर्थ नलगाउनु सुरक्षित हुन्छ | – दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धि समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ |

– नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ | – कोभ्याक्स सुबिधा अन्तर्गत २० % जनसंख्यालाई पुग्नेगरि खोप आउँछ | उक्त खोप २ महिनापछि ३ % जनसंख्याको लागि आउँछ | बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ | – अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ |

 

खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ | – २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ | – महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ |

                              -डा. रवीन्द्र पाण्डे


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

By Birendra

I never dreamed about success. I worked for it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *