Faint , Anaphylaxis र Adrenaline (COVISHIELD)

BySwasthya Sabaiko

२३ फाल्गुन २०७७, आईतवार ११:१७ २३ फाल्गुन २०७७, आईतवार ११:१७ २३ फाल्गुन २०७७, आईतवार ११:१७
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This

स्वास्थ्य सबैको  – यहि फागुन २३ गते बाट दाेस्राे चरणकाे काेभिड १९  विरुद्धको खोप अभियानमा ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई  र पहिलाे चरणामा खाेप लगाउन छुट भएका लक्षित समुहलाइ सम्खाेबिन्धत स्थानिय तहकाे संस्थागत खाेप केन्द् बाट खाेप लगाइदै छ  ।

अत्यन्त बिर लै हुने भईहाले मा ज्यानै जो खिममा पार्न सक्ने कडा खालको प्रतिक्रिया Anaphylaxis हुन सक्छ । Anaphylaxis खो प लगाएको के हि मिने ट पछि             (> ५ मिनेट ) तर विर लै मा २ घण्टा भित्र पनि देखिन सक्छ । यो अभियानमा पनि Anaphylaxis को पहिचान र व्यवस्थापनको लागि सवै स्वास्थ्यकर्मीहरूलाई
तालिम दिनुका साथै खोप सेसन सम्म ए.ई.एफ.आई. किट अनिवार्य हुने ब्यवस्था गर्नु पर्दछ ।

Anaphylaxis को पहिचान र व्यवस्थापन

Anaphylaxis खोपले मात्र है न, कुनै पनि औषधी र कहिले कांही खाने कुराले समेत गराउन सक्दछ र यो घटनाको कुनै पनि व्यक्तिमा हुनसक्ने पूर्व अनुमान गर्न सकिदैन । कहिले काहि एनाफाइलाक्सि र बे हो स भएको लक्षण चिन्हहरूमा झुकिन सक्छ । तसर्थ स्वास्थ्यकर्मीले एनाफाइलाक्सि र बेहोसमा फरक छुट्याई तत्काल उपचार र ब्यवस्थापन गर्नु पर्दछ ।

एनाफाइलाक्सिस् र बेहोस भएको छुट्याउने आधार ः
– एनाफाइलाक्सिस्मा सूई लगाएको केहि मिनेट पछि मात्र चिन्ह लक्षण देखिन्छ भने  बेहोस सूईनै नलगाई, सूई देख्न साथ, सूई लगाउदा लगाउदै वा सूई लगाएको लगतै हुन्छ ।
यदि Anaphylaxis भएमा वा शंकाश्पद छ भने तुरुन्त Adrenaline दिनुपर्दछ, Adrenaline दिन ढिला भएमा ज्यानै जाने खतरा हुन सक्छ ।

 

Anaphylaxis अति न्यून देखिने तर समयमा उपचार नपाएमा ज्यानै जाने अवस्था हो । तसर्थ यो अभियानमा प्रत्येक खोप टोलीसंग Anaphylaxis उपचार र व्यवस्थापनको ज्ञान का साथै हरेक खोप केन्द्रमा Adrenaline सहित इमरजेन्सी ए.ई.एफ.आई किट राख्नु पर्दछ । AEFI KIT मा कम्तीमा २ Ampoule Adrenaline 1 : 1000 Concentration र कम्तीमा ६ वटा ०.५ एम.एल को ए.डी. सिरिञ्ज हुनुपर्दछ । Adrenaline Intramuscular Route  बाट सहि मात्रा उमेर अनुसार दिदाँ कुनै हानी नोक्सानी हुदैन ।

Adrenaline को म्याद गुज्रने मिति ए.ई.एफ.आईको किटको बाहिर लेख्नु पर्दछ । यदी Adrenaline मा खैरो रङ देखीएमा त्यसलाई चलाउनु हुदैन । यसको म्याद गुज्रने मिति छोटो हुने भएकाले म्याद गुज्रने मितिको नियमित अनुगमन गर्नुृपर्दछ ।

विरेन्द्र कुमार चौधरी

स्वास्थ्य कार्यालय तनहुँ

 


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *