BySwasthya Sabaiko

३ असार २०७७, बुधबार २१:०४ ३ असार २०७७, बुधबार २१:०४ ३ असार २०७७, बुधबार २१:०४
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This
जलेश्वर- कोरोना कोभिड १९ को पोजेटिभ विरामी बढेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि महोत्तरी जिल्लाको सम्सी गाउँपालिका सिल गरिएको छ । सम्सी गाउँपालिकामा बुधबार मात्रै १८२ जना कोरोना पोजेटिभको रिपोर्ट आएको हो ।सम्सी गाउँपालिकामा मात्रै २७३ जना कोरोनाको पोजेटिभ विरामी फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दिनुभयो ।
प्रजिअ कटुवालले जानकारी दिदै भन्नू भयो “महोत्तरी जिल्लामा अहिलेसम्म फेला परेको ५०८ कोरोना पोजेटिभ मध्ये आधाभन्दा बढी सोही गाउँपालिकाको रहेको कारण सतर्कता अपनाउन सो गाउँपालिकाको चारकिल्ला भित्र रातिबाट सिल गर्ने निर्णय गरिएको हो”।सिल गरिएको अवधिमा आवश्यक काम बाहेकको अवस्थामा घर बाहिर कसैलाई ननिस्कन प्रशासनले गाउँपालिकाका बासिन्दासँग आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना कोभिडका फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो “सम्सी गाउँपालिकामा रहेको १६ वटा क्वारेन्टाइनहरुमा हजारभन्दा बढी जना रहेको ” । उहाँले ” गाउँपालिकालाई क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा त्यँहीबाट बढीलाई कोरोनाको सङ्क्रमण भएको हुन सक्ने आँकलन गर्नुहुँदै” र यसको सम्बन्धमा तत्कालै क्वारेन्टाइन सुधार गर्न आग्रह गरिसकिएको बताउनुभयो ।
                                                                                    #रिपोर्ट :- आरस्तु मिश्र

Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *