स्वास्थ्य सबैको – नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ ।
नेपाल नर्सिङ संघकी आजीवन सदस्य रहेकी नर्स विद्या जोशीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकोहो । उनको असोज ३० गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
उनको मृत्युप्रति नर्सिङ संघले समवेदना व्यक्त गरेको छ ।