जलवायू परिवर्तन र यस्को असर ।

ByBirendra

१ श्रावण २०७९, आईतवार १९:२८ १ श्रावण २०७९, आईतवार १९:२८ १ श्रावण २०७९, आईतवार १९:२८ , , , , , ,
Instagram
  • 2.5
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Share This
कुनै क्षेत्र वा देशको सामान्यतया बर्षहरुको (३० बर्ष) मौसमको औषत अवस्था जलवायु हो ।जलबायु क्षेत्र र देशहरु विच फरक हुनसक्छ ।

जलबायु परिवर्तन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानविय क्रियाकलापहरुमा निहित छ, जस्ले विश्वव्यापी वातावरणको संरचनालाइ परिवर्तन गरेको छ । साथै लामो अवधि देखि प्राकृतिक मौसममा विविधता आएको छ ।

विगत ५० बर्ष देखि विश्वव्यापी तापमान बृद्धिको लागि मानविय क्रियाकलापहरु अन्तर्गत जिवाष्म इन्धनहरु (fossil fuels) बालेर भएको छ ।

विश्वव्यापी रुपले भइरहेको जलबायु परिवर्तनमा नेपाल लगायत संसारका अरु देशहरुमा पनि विभिन्न स्वरुपमा देख्न सकिन्छ ।

बायुमण्डलमा भएको तातोलाई शोषण गरेर तापक्रमलाई बढाउने ग्याँसहरुलाइ हरितगृत ग्यास भनिन्छ ।
मानविय क्रियाकलापहरुले गर्दा हरितगृत ग्यासको बृद्धि भइ विश्वव्यापी तापमानको बृद्धि भइ रहेको छ

विश्वव्यापी तापमानमा बृद्धि :- हरितगृह ग्यासहरुको तहको बृद्धि केहि दशक देखि विशेष रुपले छिटो भएको छ ।

सन १९७० देखि हरितगृह ग्यासको उत्सर्जनमा ८० प्रतिशत सम्मले बृद्धि भएकोछ।

कार्वनडाइ अक्साइड र हरितगृह ग्यासलेगर्दा पृथ्वीको सतहको तापक्रम विगत १०० बर्षमा ०.७५ डिग्री सेन्टिग्रेडले बृद्धि भएको छ ।

बिश्वमा जलवायु परिबर्तनको अवस्था र यसले पार्ने प्रभाव
सबै भन्दा तातो वर्षहरु २०१६, २०१५, २०१७, २०१८, २०१४
● पृथ्वीको औसत तापमान लगभग १°C ले बृदि भई सकेको छ ।
● तत्काल कार्बोन उत्सर्जन घटाउने पहल नगर्ने हो भने र यही गतिका तापमान बृदिभई रहने हो भने, सताब्दीको अन्त्य सम्ममा पृथ्वीको औशत तापमान ३ - ५°C ले बृद्धी हुन सक्छ ।

नेपालमा जलवायु परिवर्तनको प्रभाव

तापक्रम सन् १९७४ - २०१४ मा ०.५६ डिग्री सेल्सियसले वृद्धि भएको, सन् २०१६ -२०४५ मा ०.९२ देखि १.०७, डिग्री सेल्सियसले बढ्ने अनुमान .
वर्षा सन् २१०० सम्ममा ११ देखि २३ प्रतिशतले बढ्ने अनुमान
अतिवृष्टि, अनावृष्टि, खडेरी, डढेलो, हावाहुरी
हिमगलन, हिमतालको आकारमा वृद्धि र हिमताल विष्फोटको जोखिम
पारिस्थितिकीय प्रणालीहरुको वातावरणीय सेवामा ह्रास
कृषि तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा मात्रै कूल ग्राहस्थ उत्पादनको २ देखि ३ प्रतिशत सम्म नोक्सानी व्यहोर्नु परेको अनुमान

नेपालमा बिगत ४५ बर्षमा जलवायु परिवर्तन कस्तो थियो?
बिगत ४५ बर्षमा अधिकतम तापक्रम बृदि +2.5 oC

• हिमाली जिल्लाहरुमा तराईको तुलनामा बढी मात्रामा तापक्रम बढेको।
• तराईका जिल्लाहरुमा तापक्रम घट्दो।
• Rate of change was 0.056/year (Source: DHM, 2017)

जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने उपायहरू
अनुकूलन (Adaptation) :- परिबर्तित जलवायुमा आफ्नो र समदुायको जीवनयापन सहज र सलुभ बनाउन त्यही अनसुार गरिने विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु ।

न्यूनीकरण (Mitigation) :- वायमुण्डलमा रहकेो हरितगहृ ग्यासको मात्रा वा अनपु ातमा कमी ल्याउने र हरितगहृ ग्यास सास्े ने बाटे बिरुवाको सख्ं यात्मक वृिद्ध गर्ने प्िरक्रया अथवा प्िरवधि ।

जलबायु परिवर्तनले स्वास्थ्यमा देखिएका जोखिमहरू

प्रत्येक बर्ष

प्रतिकुल मौसम सम्बधि घटनाहरुबाट लगभग ६०,००० को मृत्यु हुन्छ ।
औलोबाट ६००,००० भन्दा बढीको मृत्यु हुन्छ ।
झाडापखाला बाट ५२५,००० बाल(बालिकाहरु मर्छन ।
कुपोषणले गर्दा ३ करोड १० लाखको मृत्यु हुन्छ ।
सन् २०३० र २०५० को बिचमा जलवायु परिवर्तनले गर्दा कुपोषण, झाडापखाला, औलो र लू हुन गइ लगभग २५०,००० थप मृत्यु हुने अनुमान गरिएको छ।

उल्लेखित बिषयहरु जलवायु संबेदनशील हुन ।

जलवायु परिवर्तनले गर्दा सन् २०३० सम्म स्वास्थ्य क्षेत्रमा अमेरिकी डलरस् २(४ बिलियन प्रतिबर्ष प्रत्यक्ष लगानी हुने अनुमान गरिएको छ।

जलवायु परिवर्तनबाट मानव स्वास्थ्यमा देखिएका चुनौतिहरु (IPCC, 2014)
प्रत्यक्ष प्रभाव (प्रतिकुल मौसम, लू , शीत लहर, अति- वृष्टि)
अप्रत्यक्ष प्रभाव (किरा तथा पानी बाट सर्ने रोगहरु र वायु प्रदुषण)
मानब सृजित क्रियाकलापहरु (पेशागत स्वास्थ्य मा प्रभाव, कुपोषण र मानसिक तनाव)

प्रमाणहरु: जलवायु परिवर्तन र कीरा (vector) हरुको प्रसारण
प्रमाण १: १९५० का दशकमा औलो तराई क्षेत्रमा मात्र सिमित थियो तर १९६९ मा औलोको भेक्टर मुगुको ‘खतार’ र ‘गमगढि’ (६७००-६९०० फिट ) बाट फेला परेको थियो

प्रमाण २: सन् २००० र २००३ मा भएको कालाजरको महामारीमा बिरामीहरु ऒखलढुङ्गाका ६ वोटा गाउँहरुमा फेला परेका थिए । जुन स्थानीय भेक्टर बाट भएको थियो

प्रमाण ३: डेंगु को भेक्टर सन् २००० मा चितवन र पर्सामा फेलापरेको थियो तर २०१६ मा काठमाडौँ, दमैली, दैलेख र सुर्खेत मा पनि देखियो ।

Instagram
  • 2.5
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

By Birendra

I never dreamed about success. I worked for it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *